१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्रमाथि ३९ हजार फिटको उचाइमा युएफओको ताँती



अ+ अ-

वासिङ्टन । हालसम्म एलियनहरूका बारेमा धेरै दावी गरिएका छन् तर यी दावीमध्ये कुनै पनि पुष्टि भएको छैन। धेरैजसो दावी एलियन देखेको गरिन्छ । हालै एक अमेरिकी सैन्य पाइलटले एलियन देखेको भन्दै प्रमाणका रुपमा भिडियो जारी गरेका छन् । सैनिक पाइलटले साउथ चाइना सीको माथि आकाशमा देखिएको चिजलाई युएफओ भन्दै भिडियोलाई सामाजिक सञ्जालमा साझा गरेका छन् । 

इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार उक्त भिडियो नोभेम्बर २४ मा रेकर्ड गरिएको थियो । अमेरिकी मिलिट्री न्युजले यसलाई डिसेम्बर ४ मा युएफओ ट्र्याकिङ वेबसाइटमा राखेको थियो । भिडियोमा पाइलटले भनेको सुनिन्छ, ‘मलाई थाहा छैन यो के हो, यो कुनै अनौठो चिज हो ।’ भिडियोको अन्त्यमा यो चम्किलो चीज बादलमा हराउँछ जसलाई पाइलट भन्छन्, ‘गयो ।’

रिपोर्टअनुसार भिडियो रेकर्ड गर्दा ती चिजहरु समुद्रभन्दा ३९ हजार फिटको उचाइमा थिए । ५३ सेकेन्डको भिडियोमा चारवटा बत्तीको तीन समूह बादलमाथि लाइनमा उडिरहेको देख्न सकिन्छ। यो सामान्य विमान जस्तो देखिँदैन। यसलाई मङ्गलबार ChillzTV ले ट्वीटरमा सेयर गरेको थियो, जसमा मानिसहरुले फरक फरक मत दिएका छन् । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘पहिलो हेराइमा मलाई यो ककपिट गिलासको प्रतिबिम्ब हो जस्तो लाग्यो… तर होइन । यो त्यस्तो होइन, मलाई यो अहिले सैन्य हमला हो भन्ने लागिरहेको छ ।’