२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्रमाथि ३९ हजार फिटको उचाइमा युएफओको ताँती



अ+ अ-

वासिङ्टन । हालसम्म एलियनहरूका बारेमा धेरै दावी गरिएका छन् तर यी दावीमध्ये कुनै पनि पुष्टि भएको छैन। धेरैजसो दावी एलियन देखेको गरिन्छ । हालै एक अमेरिकी सैन्य पाइलटले एलियन देखेको भन्दै प्रमाणका रुपमा भिडियो जारी गरेका छन् । सैनिक पाइलटले साउथ चाइना सीको माथि आकाशमा देखिएको चिजलाई युएफओ भन्दै भिडियोलाई सामाजिक सञ्जालमा साझा गरेका छन् । 

इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार उक्त भिडियो नोभेम्बर २४ मा रेकर्ड गरिएको थियो । अमेरिकी मिलिट्री न्युजले यसलाई डिसेम्बर ४ मा युएफओ ट्र्याकिङ वेबसाइटमा राखेको थियो । भिडियोमा पाइलटले भनेको सुनिन्छ, ‘मलाई थाहा छैन यो के हो, यो कुनै अनौठो चिज हो ।’ भिडियोको अन्त्यमा यो चम्किलो चीज बादलमा हराउँछ जसलाई पाइलट भन्छन्, ‘गयो ।’

रिपोर्टअनुसार भिडियो रेकर्ड गर्दा ती चिजहरु समुद्रभन्दा ३९ हजार फिटको उचाइमा थिए । ५३ सेकेन्डको भिडियोमा चारवटा बत्तीको तीन समूह बादलमाथि लाइनमा उडिरहेको देख्न सकिन्छ। यो सामान्य विमान जस्तो देखिँदैन। यसलाई मङ्गलबार ChillzTV ले ट्वीटरमा सेयर गरेको थियो, जसमा मानिसहरुले फरक फरक मत दिएका छन् । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘पहिलो हेराइमा मलाई यो ककपिट गिलासको प्रतिबिम्ब हो जस्तो लाग्यो… तर होइन । यो त्यस्तो होइन, मलाई यो अहिले सैन्य हमला हो भन्ने लागिरहेको छ ।’