२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोरोना पोजिटिभ

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोरोना पोजिटिभ
अ अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड–१९ पोजिटिभ देखिएको छ । उहाँमा हल्का लक्षण देखिएको थियो । आइतबार रामाफोसाको परीक्षणमा पोजिटिभ देखिएपछि कोभिड–१९ का हल्का लक्षणहरुको उपचार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयका अनुसार पूर्व उपराष्ट्रपति एफडब्ल्यु डे क्लार्कको सम्मानमा केपटाउनमा राज्य स्मारकबाट हिँडेपछि रामाफोसाले अस्वस्थ महसुस गर्नुभएको थियो । उहाँले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउनुभएको थियो र हालै पश्चिम अफ्रिकाको भ्रमणबाट फर्कनुभएको थियो । उहाँको कार्यालयका अनुसार डिसेम्बर ८ मा जोहानेसबर्ग फर्किएपछि उहाँको कोभिड–१९ नेगेटिभ आएको थियो । 

सिएनएनका अनुसार राष्ट्रपति अहिले केप टाउनमा सेल्फ आइसोलेसनमा हुनुहुन्छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामाफोसाले आफ्नो कोरोना भाइरस सङ्क्रमणले देशका सबै मानिसलाई खोप लगाउन र जोखिमप्रति सचेत हुन चेतावनी दिएको बताउनुभएको छ, खोप भनेको गम्भीर रोग र अस्पताल भर्ना विरुद्धको उत्तम सुरक्षा हो।’

सिएनएनका अनुसार उहाँले आगामी साताका लागि उपराष्ट्रपति डेभिड माबुजालाई सबै जिम्मेबारी सुम्पनुभएको छ । 

हालै दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लगाएका छन् जसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खतरनाक बताएको छ । त्यसैकारण दक्षिण अफ्रिकामा पनि कोभिड महामारीको चौथो लहर देखिएको छ ।