१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापदण्डभन्दा बढी प्रदूषण गर्ने ३४ अस्पताल र उद्योगमाथि कारबाही हुने



अ+ अ-

काठमाडौं । वातावरण विभागले अत्यधिक प्रदूषण गर्ने ३४ अस्पताल र उद्योगलाई कारबाहीको सिफारिस गरेको छ । विभागले १८ निजी अस्पताल, आठ खाद्य उद्योग तथा उत्पादन कम्पनी, चार सिमेन्ट उद्योग, दुई डिस्टिलरी कम्पनी, एक क्रसर उद्योग र एक प्लाइउड कम्पनीलाई कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

वातावरण संरक्षण नियमावली ०५४ अनुसार मापदण्ड पूरा नगरेपछि विभिन्न जिल्लामा रहेका अस्पताल र उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ । विभागका अनुसार ती संस्थाले गत वर्षको असारदेखि अहिलेसम्म एक वर्षको अवधिमा मापदण्डभन्दा धेरै प्रदूषण र फोहोर गरेका छन् । विभागले १७ अस्पताल तथा उद्योगलाई सचेत पत्र पठाएको छ भने ५१ निकायलाई बयानका लागि बोलाएको जनाएको छ ।

विभागले तोकेको मापदण्ड पूरा नगर्ने र वातावरणीय प्रभाव मूल्यांकन (आइई) पूरा नगरेका अस्पताल र उद्योगलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरेको वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले बताए । अस्पतालले कुहिने र नकुहिने फोहोर व्यवस्थापन नगरेमा, मानव स्वास्थ्यलाई हानि हुने गरी औषधि व्यवस्थापन नगरेमा कारबाही गर्ने व्यवस्था नियमावलीमा रहेको उनले बताए । अत्यधिक धुवाँ–धुलोलगायत प्रदूषण गरेमा पनि कारबाही गर्ने व्यवस्था छ ।

विभागले अहिलेसम्म चारवटा उद्योगलाई कारबाही गरेको छ जसमा हुलास स्टिल उद्योग बारा, चौधरी उद्योगग्राम नवलपरासी, धुलिखेल अस्पताल र क्युरेक्स फर्मास्युटिकल काभ्रे छन् । ती संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना लिइएको विभागका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

कारबाही सिफारिसमा परेका अस्पताल र उद्योग

  • बिपी स्मृति अस्पताल वसुन्धरा काठमाडौं
  • ग्रिनसिटी अस्पताल काठमाडौं
  • विनायक अस्पताल तथा प्रसूतिगृह गोंगबु
  • सहिद मेमोरियल अस्पताल कलंकी
  • एभरेस्ट अस्पताल बानेश्वर
  • हेल्पिङ हेन्डस सामुदायिक अस्पताल चाबहिल
  • मेडिकेयर अस्पताल चाबहिल
  • नोबेल हस्पिटल सिनामंगल
  • ओम अस्पताल चाबहिल
  • काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगल
  • कान्तिपुर अस्पताल तीनकुने
  • भेनस हस्पिटल बानेश्वर
  • भरोसा क्लिनिक बानेश्वर
  • सञ्जीवनी अस्पताल एन्ड भिएफ सेन्टर विराटनगर
  • एम्स हस्पताल एन्ड क्यान्सर सेन्टर विराटनगर
  • सुरक्षा हस्पिटल विराटनगर
  • गोल्डेन हस्पिटल विराटनगर
  • लाइभ केयर फर्मास्युटिकल भरतपुर
  • जगदम्बा स्टिल उद्योग सिमरा बारा
  • आरती स्ट्रिप उद्योग मोरङ
  • प्रिमियर स्टिल्स उद्योग दुहबी सुनसरी
  • रियलान्स स्चिनिङ उद्योग खनार सुनसरी
  • प्रिमियर वायर उद्योग मोरङ
  • क्वालिटी थाई फुड्स खाद्य उद्योग विराटनगर
  • एसियन थाई फुड्स विराटनगर
  • बाबा भेजिटेबल तेल खाद्य उद्योग इटहरी
  • प्रगति टेक्स्टाइल क्रसर उद्योग खनार सुनसरी
  • चण्डिका डिस्टिलरी रंगेली मोरङ
  • माउन्ट एभरेस्ट ब्रुअरी डिस्टिलरी भरतपुर
  • ओम प्लाइउड
  • घोराही सिमेन्ट उद्योग दाङ
  • सिजी सिमेन्ट उद्योग त्रिवेणी नवलपुर
  • केपी सिमेन्ट उद्योग नौबिसे धादिङ
  • युनाइटेड सिमेन्ट उद्योग नौबिसे धादिङ
  • नयाँ पत्रिका दैनिकबाट