१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सबै तथ्याङ्क आएपछि मात्रै आवास’



अ+ अ-

काठमाडौं । सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उहांले जानकारी दिनुभयो।

बैठकले त्यसका लागि सबै निकायस“ग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।

उक्त बैठकले आइतबार अपरान्हसम्म बाढी–पहिरोमा परी ५१ जनाको मृत्यु, ३१ जना वेपत्ता, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको पुष्टि गरेको छ । सरकारले स्वतःस्र्फूत रुपमा उद्धार, राहत तथा उपचारमा खटिने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थालाई धन्यवाद दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।