१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरिया गर्न छिमेकीको आश्रय



अ+ अ-

काभ्रे । पहिरोले एउटा परिवारका दुई सदस्यको ज्यान लियो । घर पनि पुर्‍यो । बाँचेकाले काजकिरिया गर्न छिमेकीको आश्रय लिनुपर्‍यो । भूकम्पछि चर्किएको घरमै बस्दै आएका रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले दुई जनाको ज्यान लिएको थियो ।

उनी छिमेकी रमेश दंगालको घरमा आश्रय लिई काजकिरिया गरिरहेका छन् । रामप्रसादका छोरा हरिशरण र रोहित आमा गोमा र छोरी सुहाबीको किरिया बसेका हुन् । बनेपा ३ मा दंगालको घर शुक्रबार पहिरोले पुरिएको थियो ।

‘भूम्पपछि बनेपामा घर बन्दै छ, बस्दै आएको घर र जमिन केही बाँकी नराखी बगाउँदा यस्तो विपत्ति पर्‍यो,’ रामप्रसादका दाजु देवीप्रसादले भने, ‘मेरो घर पनि जोखिममा छ, गाउँमा त्यो घर नै सुरक्षित देखेकाले त्यसैमा किरिया बसेका हौँ,’ रामप्रसादका जेठा छोरा हरिशरण पनि आमाको किरिया गर्न शनिबारै दुबईबाट नेपाल आइसकेका छन् । रामप्रसाद र परिवारका अन्य सदस्यलाई घाइते बुहारी सुशीलाको मात्रै चिन्ता छ ।

‘बुहारी ठीक भएर ३ महिने नातिनीलाई दूध चुसाउन सकिदिए मात्र पनि हुन्थ्यो,’ भेट्न जाने सबैलाई रामप्रसाद भावविह्वल हुँदै सोध्छन्, ‘अस्पतालको आईसीयूमा भएकी बुहारीलाई कस्तो छ, उसलाई ठीक हुन्छ कि हुँदैन रु’

गृह मन्त्रालयले प्रदान गरेको प्रतिमृतक १ लाख राहत लिएर भेट्न पुगेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई पनि रामप्रसादले सोही प्रश्न गरे । ‘मेरो केही अपेक्षा छैन, बुहारीको राम्रो उपचार हुनुपर्‍यो,’ रामप्रसादले भने । रानाले निःशुल्क उपचारको प्रबन्ध मिलाएको भन्दै राज्यको तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । जिल्ला दैवी प्रकोप उद्धार समितिको तर्फबाट अन्य राहत पनि हस्तान्तरण गरियो ।

अविरल वर्षातपछिको पहिरोले घर पुरिँदा रामप्रसादकी ५५ वर्षीया श्रीमती गोमा र ६ वर्षकी नातिनी सुहाबीको घटनास्थलमै मृत्यु भएको थियो । ३० वर्षीय सुत्केरी बुहारी सुशीला र ३ महिने नातिनी अनुष्का घाइते भएका थिइन् । अनुष्कालाई उपचारपछि घर ल्याइसकिएको छ । सुशीलालाई माटाका कारण निमोनियाँको संक्रमण देखिएका कारण शिर मेमोरियल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।