१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानकै लागि यस्तो गर्छन बागलुङकी महिला



अ+ अ-

बागलुङ । गाउँ घर मात्र होइन, शहर पनि अस्थायी साधनका बारेमा अझै खुलेर बहस गर्न तयार देखिन्न। पुरुषमासमेत एक किसिमको लाज र संकुचन देखिन्छ। महिलाहरु, त्यसमा पनि दुरदारजका पढ्न, लेख्न र अवसरले पछाडी परेकाहरु यस्ता विषयमा कति खुल्लान् रु सामान्यतयाः कठिन उत्तर आए पनि जिल्लाको दुर्गम खुंखानीका महिलाका हकमा यो जवाफ गलत सावित हुन्छ।

यहाँका पुरुष भने बन्ध्याकरण गर्न पनि मान्दैनन्। अस्थायी साधन प्रयोग गर्न र स्वास्थ्य चौकीमा गएर लिन पनि अप्ठ्यारो मान्छन्। पुरुष स्वास्थ्यचौकीसम्म पुग्न अप्ठ्यारो मान्ने भएपछि महिला नै अस्थायी साधनका लागि स्वास्थ्यचौकी पुग्छन्। तमानखोला गाउँपालिका–५ को खुंखानी स्वास्थ्यचौकीमा भेटिएकी नरदेवी सिर्पालीले अस्थायी साधनको व्यवस्था आँफैले गर्ने गरेको खुलेरै अनुभव सुनाइन्।

‘तेस्रो सन्तान जन्मेपछि श्रीमानलाई स्थायी बन्ध्याकरणका लागि भनेको थिएँ, तर उनले मानेनन्’, सिर्पालीले थपिन्, ‘अस्थायी साधन प्रयोग गरौं, लिन जानुस् भन्दा उनले मानेन्। त्यसैले कन्डम लिन पनि म आफै स्वास्थ्यचौकीमा आउने गरेको छु।’ श्रीमानले कमजोर हुने भन्दै बन्ध्याकरण पनि गर्न नमान्ने गरेको उनको भनाइ छ। अस्थायी साधन प्रयोग गर्न नमान्दा धेरै सन्तान हुने भयले आफै कन्डम लिन स्वास्थ्य संस्थामा आउने गरेको स्थानीय आशकुमारी सिर्पाली बताउँछिन्। ‘सन्तानको रहर पुग्यो बन्ध्याकरण गर्नुस् रु कमजोर हुने र काम गर्न गाह्रो हुने भन्दै पन्छिन्छन्,’ उनले भनिन्, ‘यतिकै बस्दा बच्चा बस्छ की भन्ने डरले हामी आफैले अस्थायी साधनको जोहो गर्छौं।’

प्रजनन् शिक्षाबारे सामान्य जानकारीसमेत नपाएका खुँखानीका महिला दुई सन्तान मात्रै जन्माउनुपर्छ भन्नेमा सचेत देखिन्छन्। यद्यपी, गरिबी, अशिक्षा, चेतना लगायतका कारण उनीहरु बाध्यताको उल्झनमा परेको देखिएको छ। जसका कारण एकै दम्पतिका थुप्रै सन्तान छन्। अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु गुनासो गर्छन्।

खुंखानी स्वास्थ्यचौकीको पछिल्लो तथ्यांकअनुसार हाल २२ जनाले पिल्स, ४१ जनाले डिपो र ५९ जनाले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन्। पुरुषको तुलनामा महिला नै अस्थायी साधन प्रयोगमा धेरै सचेत पाइएको खुंखानी स्वास्थ्यचौकी प्रमुख दिपक पौडेलले बताए। ‘विभिन्न बाहना बनाएर पुरुषहरु अस्थायी साधन अपनाउन नमान्ने अवस्था छ,’ उनले भने, ‘कन्डम प्रयोग गर्नेको स्वास्थ्यचौकीले तथ्यांक नराखे पनि यो लिन आउने ९० प्रतिशत महिलाहरु नै छन्।’

महिलाले प्रयोग गर्ने अस्थायी साधन समय–समयमा परिवर्तन गरिरहनुपर्छ। डिपो सुई प्रत्येक तीन÷तीन महिनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाँही गर्भ रहने समस्या रहेको महिलाहरुको गुनासो छ। दुर्गम गाउँमा प्रशासन र अन्य संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा पनि स्थायी बन्ध्याकरण गर्ने र अस्थायी साधनका बारेमा खुलेर सोध्ने महिलाहरु नै अधिक हुन्छन्।

‘शिविर भयो भने पनि मिनील्याप गर्नेको संख्या धेरै हुन्छ’, स्वास्थ्यचौकीकी अनमी माया घर्तीले भनिन्, ‘हामी कतिपटक सम्झाई–बुझाई गर्दा पनि पुरुषहरु आउनै मान्दैनन्, पुरुषमा चेतना नभएको पनि होइन, अटेर गरेर महिलालाई नै पठाउँछन्।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।