२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौताको खारेजीको माग गर्दै कार्यलय घेराउ



अ+ अ-

काठमाडौँ । विभिन्न सात साना कम्युनिष्ट पार्टीले आज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को एमसीए कार्यालय घेराउ गरेका छन् । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्न भन्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् । 

सरकारले एमसीसीलाई संसद्बाट अनुमोदन गराउन भोलि मङ्सिर २८ गते संसद् आह्वान गरेको भन्दै उनीहरुले यसका विरुद्ध सङ्घर्षलाई सशक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवन मरणको विषय भएको बताएका छन् । यसै सन्दर्भमा ती दलहरुले भोलि संसद् भवन घेराउ गर्ने कार्यक्रम बनाएको विज्ञप्तिमार्फत जनाएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।