१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा नेताहरु…



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनु भएको छ । 

सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनु भएको हो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताउनु भयो । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताउनु भयो । नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गर्नुभयो ।

नेता खाँडले भन्नुभयो, ‘पुराना अनुहारहरुको पनि यो पार्टीमा धेरै योगदान छ । युवापुस्ताहरु पनि आउनु भएको छ । त्यसैले पुराना र युवा पुस्तालाई संयोजन गरेर हामी अघि बढ्नेछौँ । १५ औँ महाधिवेशनमा नेपाली काँग्रेस विद्युतीय मतदानमा जान्छ । यसपटक सभापति पहिलो चरणमा नै पार गर्नुहुन्छ र विजयी हुनुहुन्छ । त्यही नै मतदाताहरुको रोजाई देखियो । म एक कदम पछि हटेर पार्टीको वृहत्तर एकताका लागि काम गरेको छु । अहिले पनि पार्टी सभापति, प्रधानमन्त्रीलाई साथ दिनु मरो दायित्व हो । टिम मिलाउन केही कठिनाइ देखिएपछि मैले केन्द्रिय सदस्यमा नै बसेको हुँ ।’

त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताउनु भयो । आफू जहिल्यै पनि काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उहाँले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘म कुनै पक्षमा जान्न भन्दा किन अचम्म रु मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना सभर्थकलाई भनेको छु, मैले ४ वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो । म कस्तो हुँ भने काँग्रेसलाई एकवद्ध बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिन ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताउनु भयो । उहाँले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताउनु भयो ।

सभापतिका उम्मेदवार सिंहले भन्नुभयो, ‘साँचै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलिय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ । यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज ९सोमबर० पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा। शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।