८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएका छन् ।राष्ट्रपतिबाट प्रमाणीकरण भएको यो बजेट १ साउनबाट कार्यान्वयन हुनेछ ।

संसदका दुबै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ । आगामी आर्थिक वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।

त्यसमध्ये ९ खर्ब ५७ अर्ब चालु खर्च हुनेछ भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थामा भने १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको छ । आगामी आवको बजेट १५ जेठमा संसदमा पेश भएको थियो ।