१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएका छन् ।राष्ट्रपतिबाट प्रमाणीकरण भएको यो बजेट १ साउनबाट कार्यान्वयन हुनेछ ।

संसदका दुबै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ । आगामी आर्थिक वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।

त्यसमध्ये ९ खर्ब ५७ अर्ब चालु खर्च हुनेछ भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थामा भने १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको छ । आगामी आवको बजेट १५ जेठमा संसदमा पेश भएको थियो ।