११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

एथ्लेटिको मड्रिडले बार्सिलोना विरुद्द फिफामा उजुरी गर्ने !

एथ्लेटिको मड्रिडले बार्सिलोना विरुद्द फिफामा उजुरी गर्ने !
अ अ+ अ-

काठमाडौं । बार्सिलोनाले आफ्नो फरवार्ड एन्टोइन ग्रिजम्यानलाई अवैधानिक रूपमा भित्र्याएको भन्दै एथ्लेटिको मड्रिडले फिफामा उजुरी गर्ने तयारी गरेको छ ।

विज्ञप्ति जारी गर्दै एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा ला लिगाको कार्यालयमा रकम जम्मा गरेर खेलाडी भित्र्याएको घोषणा गरेकोले बार्सिलोनको कदम वैधानिक नभएको तर्क उसको छ ।

एथ्लेटिकोले बार्सिलोना र आफूहरूबीच गत जुलाई १ मा ग्रिजम्यानका लागि रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति भएपनि खेलाडी सरुवा दुई क्लबको साझा समझदारीमा मात्रै हुने बताएको छ ।

२८ वर्षीय ग्रिजम्यानसँग बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) मा शुक्रबार अनुबन्ध गरेको घोषणा गरेको थियो । तर बार्सिलोनाले सम्झौता गरेको समयमा ग्रिजम्यानको मूल्य २०० मिलियन युरो रहेको भन्दै एथ्लेटिको मड्रिडले विरोध गरिरहेको छ ।

अब एथ्लेटिको मड्रिड धम्की दिइरहे जस्तो कानुनी बाटोमा नै जान्छ या उसले थप केही रकम बार्सिलोनाबाट लिएर विवाद साम्य पार्छ, यो भने स्पष्ट छैन ।

तर ग्रिजम्यानले आफ्नो ट्रान्सफरलाई लिएर मड्रिडले देखाएको व्यवहार दुःखलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

‘हामी सम्झौताको नजिक पुगिसकेका थियौं तर फ्याट्ट त्यसमा परिवर्तन आइदियो । यसैले रकम घट्न पुग्यो । यसलाई सबैले स्वीकार गर्न आवश्यक छ’ उनले भने ।

आइतबार बार्सिलोनामा सार्वजनिक भएका ग्रिजम्यान भने अवस्थाअनुसार भएका घटना हुनाले बार्सिलोना र एथ्लेटिको मड्रिडबीच विवाद आवश्यक नरहेको बताउँछन् ।

तर, एथ्लेटिकोले भने आफ्ना स्टार खेलाडीको मूल्य १२० मिलियन आफूलाई चित्त नबुझेको भन्दै २०० मिलियन नै तिर्न भनेको छ ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।