११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

ललितपुरका बाढीपीडित भन्छन्- सामाजिक सञ्जाल चलाउन नपाउँदा ढुङ्गेयुगमा पुगेको महसुस भएको छ

ललितपुरका बाढीपीडित भन्छन्- सामाजिक सञ्जाल चलाउन नपाउँदा ढुङ्गेयुगमा पुगेको महसुस भएको छ
अ अ+ अ-

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ ।

पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् ।

यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा यहाँका ४०० घर डुबानमा परी करीब एक हजारदेखि एक हजार २०० मानिसको जीवन प्रभावित भएको महालक्ष्मी–४ का वडाध्यक्ष लक्ष्मण रोक्काले जानकारी दिए ।

गोदावरी नगरपालिकाभित्र कुनै मानवीय क्षति भएको छैन तर वडा नं ७ देवीचौरका १२ घरपरिवार पहिरोमा परी विस्थापित भएका छन् । देवीचौरका १२ घरपरिवारलाई त्यहाँ गएर खाद्यान्न वितरण गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

दक्षिण ललितपुरका वनपाखामा डोजर लगाएर सडक निर्माण गरेका कारण यहाँ बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । तीन दिनदेखि यातायात सडक अवरुद्ध भएका कारण टीकाभैरवदेखि तीनपाने भञ्ज्याङसम्म १३ किलोमिटरको सडक खुलाइएको वाग्मती गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

लोप्चनले भने, “यहाँ दुई जनाको मृत्यु भएको छ”, सडक अवरुद्ध भएका कारण कति घर पहिरोमा परे भन्ने तथ्याङ्क सङ्कलन गर्न मिलेको छैन ।” सो गाउँपालिका वारपार गर्ने मुख्य सडक कान्ति लोकपथ पूरै ठप्प भएको लोप्चनले जानकारी दिए । हेलिकप्टरबाट बिरामी काठमाडौँ ल्याउनुपर्ने बाध्यता भएको लोप्चनले बताउँदै भने, “सामाजिक सञ्जाललगायत टेलिफोन सेवा अवरुद्ध भइ ढुङ्गेयुगमा पुगेको महसुस भएको छ ।”

कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य सरह एकदमै नाजुक बनेको छ । यहाँ दुई जनाको मृत्यु भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सडक दुई दिनपछि खुलाउने योजनामा अघि बढेको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए ।

महाँकाल गाउँपालिकाभित्र पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । सो गाउँपलिकाभित्रको विद्युत् प्रवाहमा समस्या परेका कारण कोहीकसैसँग सम्पर्क गर्न सकिएको छैन ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार दक्षिण ललितपुरका मानिस पैदलयात्रा गरी चापागाउँ बजार आउने क्रम दिनानुदिन बढेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल अनि वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ ।