११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

एकदिवसीय क्रिकेटकाे वरीयता : ब्याटिङतर्फ काेहली, बलिङतर्फ बुमराह शीर्ष स्थानमा

एकदिवसीय क्रिकेटकाे वरीयता : ब्याटिङतर्फ काेहली, बलिङतर्फ बुमराह शीर्ष स्थानमा
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् ।

ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । यस्तै पाकिस्तानका बाबर आजम र दक्षिण अफ्रिकाका फाफ डु प्लेसी क्रमश तेस्रो र पाँचौंबाट चौथो स्थानमा उक्लिएका छन् ।

न्यूजिल्याण्डका रोस टेलरलाई पाँचौं स्थानमा रहदाँ न्यूजिल्याण्डकै कप्तान केन विलियम्सन छैठौ स्थानमा रहेका छन् ।

यता अष्ट्रेलियाका डेविड वार्नर सातौं, इंग्ल्याण्डका जो रुट आठौं, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौं र इंग्ल्याण्डका ज्यासन रोय १०औं स्थानमा छन् ।

बलिङतर्फ भारतका जस्प्रित बुमराह शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन् ।

अफगानिस्तानका मुजीव जद्रान छैटौं, इंग्ल्याण्डका क्रिश वक्स सातौं, अष्ट्रेलियाका मिचेल स्टार्क आठौं, अफगानिस्तानका राशिद खान नवौं र न्यूजिल्याण्डका म्याट हेनरी १०औं स्थानमा छन् ।

अलराउण्डर तर्फ बंगलादेशक शकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्याण्डका बेन स्टोक्स दोस्रोमा छन् । अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् भने पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका राशिद खान पाँचौं स्थानमा छन् ।

इंग्ल्याण्डका क्रिश वक्स छैटौं, वेष्ट इण्डिजका ज्यासन होल्डर सातौं, न्यूजिल्याण्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एन्डिल फेलुकवायो नवौं र भारतका हार्दिक पंड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रुपमा १०औं स्थानमा छन् ।