२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

संसदको हिँउदे अधिवेशन: ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’

संसदको हिँउदे अधिवेशन: ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’
अ अ+ अ-

काठमाडौँ  । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ ।

 नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सभामुख सापकोटाले भन्नुभयो,“सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा  संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ । ”

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने बताउँनुभयो । उहाँले भन्नुभयो, “संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढछ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न  हरसम्भव प्रहल र प्रयत्न हुनेछ ।” 

नेकपा ९एमाले०का सांसद गणेश पहाडी स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककैै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभयो ।
 
उहाँले भन्नुभयो,“हिउँदे भन्ने वित्तिकै विधेयक अधिवेशन हो, संसद्मा पहिलेदेखिनै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकलाई टुङ्गोमा पु¥याउनपर्नेछ, संसद्मा टेबल भएका अरु विधेयकमाथि छलफल गर्न पर्नेछ ।”संसद् भोलिबाट सुरु हुन लागे पनि कार्यव्यवस्थाको बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेण्डा तय गर्ने भन्ने सन्दर्भमा कुनै सरल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढङ्गले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिनुभयो । 
 
संसदीय व्यवस्था भएका मुलुकमा संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी भएको बताउँदै उहाँले भन्नुभयो,“सल्लाह र छलफलबिना अघि बढ्न खोज्यो भने स्वभाविकरुपमा समस्या आउछ, अघिल्लो अधिवेशन अवरुद्ध गरिरहेकै बेला स्थगित भएका हाम्रा एजेण्डा थाँति नै छन् ।” 

सांसद पहाडीले सदनलाई कसरी नियमितरुपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरुपमा पहल र अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले समयमा कानुन नबन्दा अनेकौ व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानुन निर्माणमै केन्द्रित तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो, “अदालतले जनप्रतिनिधिको थलो संसद् क्रियाशील हुनुपर्छ भन्ने मान्यताकासाथ व्यूँत्याएकाले विधेयक पास गर्ने क्रममा सदन सक्रिय हुनुपर्छ, यसबीचमा जारी भएका अध्यादेशलाई पारित गर्नपर्छ ।”सदन सञ्चालन भए पनि मुलुकका जल्दाबल्दा विषय एमसिसी र न्यायालयलयसँग जोडिएर आएका प्रश्नका विषय छलफलका लागि स्वभाविक रुपमा प्रवेश पाउने बताउँदै राष्ट्रियसभा सदस्य विडारीले संविधानको मर्म र भावना अनुरुप कानुन निर्माणमै सदनलाई केन्द्रित तुल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टकाकारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मङगलबारदेखि प्रारम्भ हुने सङ्घीय संसद्को दुवै सदनको प्राविधिक, स्वास्थ्यमापदण्ड र सिट व्यवस्थापनलगायतका तयारीबारे सभामुखबाट अवलोकन भइसकेको छ । अधिवेशनका सबै तयारी पूरा भएको छ ।”

 राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गर्नुभएको थियो । यसअघि संसद् भवन परिसरमा  सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराउनुभएको थियो ।रासस