१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको मुम्बईमा चारतले भवन भत्किँयो, ५० जनाभन्दा बढी पचास फसेको आशङ्का



अ+ अ-


मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

स्थानीय दमकल विभाग र राष्ट्रिय विपद प्रतिक्रिया दल ९एनडीआरएफ० समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ । भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन् । स्थानीयका अनुसार त्यो भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने थिएन । त्यसैले यो भवन ढलिहाल्ला भनेर कसैले अनुमान गरेका थिएनन् ।

महानगरभित्र रहेका खतराजनक भवनहरुको सूची बनाउने बृहत मुम्बई कर्पोरेशन (बीएमसी)को सूचीमा पनि यो भवनको नाम समावेश थिएन । बीएमसीका अनुसार बिहान ११ बजेर ४८ मिनेट जाँदा डोंगरीको टांडेल गल्लीमा रहेको केसरबाइ नाम गरेको यो भवनको आधा भाग भत्किएको थियो ।

मुम्बइ र आसपासका क्षेत्रमा केही दिनयता घरीघरी रोकिँदै पर्दै गरेको वर्षा स्थानीयका लागि घातक सिद्ध हुन थालेको छ । पुने र मुम्बइका विभिन्न ठाउँमा वर्षाका कारण भएका घटनामा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ ।