११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

साझा पार्टीका नेतालाई गुप्तचरका सदस्य भेट्न र विदेशी कर्मचारीलाई घरमा बोलाउन प्रतिबन्ध

साझा पार्टीका नेतालाई गुप्तचरका सदस्य भेट्न र विदेशी कर्मचारीलाई घरमा बोलाउन  प्रतिबन्ध
अ अ+ अ-

काठमाडौं । साझा पार्टीले आफ्ना नेता तथा कार्यकर्ताको लागि कुटनीतिक निर्देशिका जारी गरेको छ ।

नेपालका राजनीतिक दल र तिनका नेताहरूले नेपालमा रहेका विदेशी कुटनीतिक तथा विभिन्न गुप्तचर निकायका सदस्यहरुसँग गर्ने भेटघाटले नेपालको स्वाभिमान, स्थिरता र विकासको बाटोमा ठूलो अवरोध पुर्‍याएको भन्दै साझा पार्टीले आफ्ना नेता तथा कार्यकर्ताका लागि कुटनीतिक निर्देशिका जारी गरेको हो ।

मंगलबार सार्वजनिक पार्टीको निर्देशिकाको छैटौं बुँदामा पार्टी केन्द्रीय समितिका सदस्यहरुले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेट गर्न पाउने छैनन् भनिएको छ । साथै औपचारिक कार्यक्रम वा पार्टीको विदेश विभागले अनुमति दिएको काममा मात्र दूतावास जान पाइनेछ ।

विदेशी दूतावासका सदस्य एवं विदेशीहरुसँगको भेट पार्टी कार्यालय वा तटस्थ स्थानमा मात्र भेट्नुपर्ने, भेटमा विभागका एक सदस्यलाई राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । दूतावास वा आईएनजीओले राजनीतिक अर्थ र असर राख्ने कार्यक्रममा बोलाए पार्टीलाई जानकारी गराउनुपर्ने र पठाउने नपठाउने निर्णय विदेश विभागले गर्नेछ ।

विदेशीहरूसँगको अनावश्यक सम्बन्ध नेपालको राजनीतिमा एउटा अत्यन्तै महत्वपूर्ण र जटिल मुद्दा बनिसकेकोले यो विषयलाई विशेष महत्व दिँदै र यसलाई पारदर्शी बनाउने उद्देश्यका साथ निर्देशिका जारी गरिएको साझा पार्टीले जनाएको छ ।

निर्देशिका पालना नभए विदेश विभागले स्पष्टिकरण सोधेर अनुशासनको कारबाहीका लागि सिफारिस गर्नेछ ।

के–के छ साझा पार्टीको कुटनीतिक निर्देशिकामा ?

१. केन्द्रीय समितिका सदस्य कुनै पनि दूतावासमा तिनको औपचारिक कार्यक्रम या पार्टीको विदेश विभागले अनुमति दिएको काममा बाहेक अन्य अवस्थामा जाने छैनन ।

२. कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति आवश्यक पर्नेछ । र, त्यस्ता भेटघाटमा विदेश विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानु पर्नेछ ।

३. विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने भेटघाट या त साझा पार्टीको कार्यालय या कुनै तेस्रो तटस्थ स्थानमा गर्नु पर्नेछ ।

४. पार्टीको केन्द्रीय समितिका सदस्यले दूतावासका राजदूत लगायतका विदेशी कर्मचारीलाई घरमा बोलाउने छैनन्। बोलाउनै परेको अवस्थामा विदेश विभागको स्वीकृति लिनुपर्नेछ ।

५. विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य अथवा विदेश विभागको स्वीकृति आवश्यक पर्ने विदेशीहरूसँग हुने भेटघाट बारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिनु पर्नेछ र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिनेछ ।

६. पार्टीको केन्द्रीय समितिका सदस्यले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेटघाट गर्न पाउने छैनन्।

७. अनपेक्षित रूपमा हुने या गराइएको भेटबारे पार्टीको विदेश विभागलाई तुरून्तै जानकारी गराउनु पर्नेछ।

८. पार्टीका केन्द्रीय नेतालाई कुनै दूतावास या अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले राजनीतिक अर्थ र असर राख्ने कुनै कार्यक्रममा सिधै आमन्त्रण गरेमा, सम्बन्धित नेताले त्यस्तो आमन्त्रण पार्टी मुख्यालयमार्फत पठाउन आग्रह गर्नु पर्नेछ । पार्टीको विदेश विभागले उक्त कार्यक्रममा पार्टीबाट कसैलाई पठाउने या नपठाउने र पठाएमा कसलाई पठाउने भनेर निर्णय गर्नेछ ।

९. राजनीतिक अर्थ र असर नराख्ने आमन्त्रणबारे विदेश विभागलाई जानकारी गराए पुग्नेछ । त्यस्ता भेटहरू ‘स्वविवेकको निर्णय’मा हुन सक्नेछ तर त्यसबारे कुनै आशंका भएमा विदेश विभागसँग सल्लाह माग्नुपर्नेछ ।

१०. संवेदनशील विषयहरूमा आवश्यक पर्दा विदेश विभागले परराष्ट्र मन्त्रालयको राय, स्वतन्त्र परराष्ट्र मामिला विज्ञ तथा परराष्ट्र मन्त्रालयका भूतपूर्व शिष्टाचार महापालहरूसँग सुझाव–सल्लाह लिन सक्नेछ ।

११. यस निर्देशिकामा उल्लेख नगरिएको विषय या जटिलता उत्पन्न भएमा सम्बन्धित केन्द्रीय सदस्यले त्यसबारे विदेश विभागलाई जानकारी गराउनु पर्नेछ र विदेश विभागले सो विषयमा अन्तिम निर्णय लिनेछ । यो निर्देशिकालाई पार्टीको कुन तहसम्म लागू गर्ने भन्नेबारे पार्टी विस्तार हुँदै जाँदा निर्क्याैल गरिने छ ।

१२. यस प्रकारको निर्देशिका आजसम्म कुनै पनि पार्टीले पालना नगरेको परिप्रेक्ष्यमा यो निर्देशिका पालना गर्दा कहीँकतै विदेशीहरूसँगको सम्बन्धमा अप्ठ्यारो पर्न सक्ने अवस्था आएको खण्डमा त्यसबाट जोगिन केन्द्रीय सदस्यहरूले पार्टीको यसै कुटनीतिक निर्देशिकालाई आफ्नो सीमाका रूपमा बुझिदिन आग्रह गर्न सक्नेछन्।

१३. यस निर्देशिकाको उल्लंघन भएमा विदेश विभागले स्पष्टीकरण सोधी अनुशासनको कारबाहीका लागि सिफारिस गर्न सक्नेछ ।