८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा एकजना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नयाँबजार खुसीबुस्थित अटो पार्टस (न्यू रायमाझी ट्रेडिङ)का कर्मचारी रविन खत्री रहेका छन् ।खत्रीलाई मंगलबार सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले बताए । उनका अनुसार खत्रिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेको बताए ।