११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

वैदेशिक रोजगारमा जाने युवा रोजगारदाताका बारेमा बेखबर

वैदेशिक रोजगारमा जाने युवा रोजगारदाताका बारेमा बेखबर
अ अ+ अ-

काठमाडौं । अधिकांश युवा आफ्नो रोजगारदाताका बारेमा जानकारी नलिई वैदेशिक रोजगारमा जाने गरेका पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनअनुसार अझै पनि ९६.०७ प्रतिशत युवा आफू कुन वैदेशिक रोजगारदाताको सम्पर्कमा जान लागेको भन्ने विषयमा जानकारी नरहेको पाइएको छ ।

प्रतिवेदनमा स्थानीय एजेण्टले वैदेशिक रोजगारीमा जान आतुर व्यक्तिलाई विश्वास दिलाउन काम तथा सुविधाका बारेमा प्रायः झुटा कुरा बताउने गरेको उल्लेख गरिएको छ । म्यानपावर व्यवसायीले ५२।९४ प्रतिशत युवालाई गन्तव्य मुलुकका बारेमा जानकारी नदिने गरेका पाइएको आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो । तलब र सुविधा भने प्रायःलाई आकर्षक नै हुन्छ भनेर एजेण्टले झुक्याएर वैदेशिक रोजगारीका लागि युवालाई प्रेरित गर्ने गरेको पाइएको छ ।

सरकारले पछिल्ला वर्ष वैदेशिक रोजगार क्षेत्र सुधारका लागि एक दर्जनभन्दा बढी कार्यक्रम लागू गरे पनि दैनिक सयौँको सङ्ख्यामा आप्रवासी कामदार र तिनका परिवारले विभिन्न प्रकारका समस्या भोग्नु परिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा एजेण्ट वा वैदेशिक रोजगार एजेन्सीमार्फत गएकामध्ये ७६।७४ प्रतिशतले भर्ना वा रोजगारीका क्रममा कुनै वा सबै समस्या भोग्नु परेको बताएको उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०७६ जेठ मसान्तसम्म औपचारिक रुपमा श्रम स्वीकृति लिई कूल ४५ लाख ९९ हजार ५६७ जना वैदेशिक रोजगारीमा गएका छन् । यस्तै आयोगको अनुसन्धान टोलीले गरेको अनुसन्धानमा ५५.६३ प्रतिशतले तलबसम्बन्धी समस्या झेल्नु परेको उल्लेख गरिएको छ ।

तेस्रो मुलुक रोजगारीमा गई फर्की आएकामध्ये अनुसारको तलब, खाना खर्च वा अतिरिक्त कामको पारिश्रमिक नपाएको वा तलबै नपाएको, समयमा भुक्तानी नपाएको, रकम कटौती वा रोक्का गरिएको ५५.६३ प्रतिशत रहेका छन् ।

यसैगरी श्रम स्वीकृतिमा गएकामध्ये ३६.६२ प्रतिशतले आफूलाई भर्ना गर्दा एउटा काम भनिएको तर गन्तव्यमा पुगेपछि रोजगारदाताले अर्को काम लगाएको वा करारपत्रमा भनिएको भन्दा फरक काम गर्नु परेको बताएको प्रतिवेदनमा भनिएको छ ।

आयोगले गरेको प्रतिवेदनमा संस्थागत श्रम स्वीकृतिमा गई फर्केकामध्ये ५६.३९ प्रतिशतले आफूलाई अतरिक्त समय ९ओभरटाइम०मा काम लगाइएको तर त्यसको भुक्तानी नदिइएको बताएको अनुसन्धानकर्ता रामेश्वर नेपालले जानकारी दिनुभयो ।

यस्तै अतिरिक्त समयको पारिश्रमिक दिए पनि श्रम मापदण्डमा तोकिएकोभन्दा अधिक कार्यघण्टा काममा लगाएको पाइएको छ ।

रोजगारी करारपत्रमा झुक्याउने

यसैगरी रोजगारदाताले रोजगारीमा जानेलाई करारपत्रमा समेत झुक्याउने गरेको पाइएको छ । श्रम स्वीकृतिमा गई फर्केका ६२.६८ प्रतिशतले आफूलाई पहिला भनिएको भन्दा तलब, काम, ओभरटाइम, खाना वा करारका कुनै न कुनै सर्त फरक भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगको अनुसन्धानबाट एकभन्दा बढी करारपत्र दिने अभ्यास रहेको पाइएको उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई व्यक्तिगत एजेण्टले मध्यस्थता गर्ने गरेको उल्लेख गरिएको छ । जसले गर्दा एजेण्टमार्फत वैदेशिक रोजगारमा जाने युवाले थप समस्या बेहार्नु परेको प्रतिवेदनमा बताइएको छ ।

एजेण्टले अनौपचारिक तवरले प्रशस्त मात्रामा कामदार तेस्रो मुलुकमा रोजगारीमा पठाउने गरेको अनुसन्धानमा क्रममा आयोगले पत्ता लगाएको छ । प्रतिवेनदमा खासगरी महिलालाई ‘अहिले काठमाडौँको एअरपोर्टबाट जान पाइँदैन’ भनेर भारतको बाटोबाट खाडी मुलुक र इराकमा लगेको देखिएको उल्लेख छ । युरोप र अमेरिका लगिदिने भनेर ठूलो रकम असुल्ने तथा अलपत्र पार्ने गरेका घटना पनि देखिएका प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी प्रतिवेदनमा ५७.१८ प्रतिशतलाई आफू ठगिएका बारेमा तथा उजुरी गर्ने निकायका बारेमा थाहा नभएको बताइएको छ । २५.८४ प्रतिशतले भने उजुरी गर्ने निकायका रुपमा सम्बन्धित देशको दूतावासका नाम लिएका थिए । आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त प्रतिवेदन सार्वजनिक गर्दै आप्रवासी कामदारको मानवअधिकार हननसमेत भइरहेको बताउनुभयो ।

उहाँले आप्रवासीलाई न्यायको पहुँच पु¥याउन राज्यका सबै निकाय लाग्नुपर्नेसमेत बताउनुभयो । उक्त कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले आप्रवासीका समस्यामध्ये मानवअधिकारको समस्या ठूलो रहेकाले रक्षा गर्नुपर्ने बताउनुभयो । आयोगका अर्का सदस्य मोहना अन्सारीले राजनीतिक दलले पनि वैदेशिक रोजगारदातामा संलग्न भएकाले वैदेशिक रोजगारका नाममा मानव बेचबिखन गर्ने गरेका बताउनुभयो ।

यसैगरी आयोगका सदस्य सुदीप पाठकले आप्रवासी र तिनका परिवारको मानवअधिकारका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसालले सबैसँग समन्वय गरेर मर्यादित श्रम बनाउन लागिरहेको बताउनुभयो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारलाई कडाइका साथ चेकजाँच गर्ने बताउनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले आफू पनि वैदेशिक रोजगार ऐन संशोधन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।