• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

कांग्रेसमा भद्रगोल, सभापति पक्षको नियतै सफा देखिएन



काठमाडौं । कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ ।

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो। पाँच सदस्यीय समितिमा देउवाइतरका प्रदीप पौडेल र जीवन परियार सहभागी छन्। परियारले केन्द्रीय बैठकमा असन्तुष्टि राखेका थिए।

अर्का सदस्य पौडेलले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलै नभएको बताए। सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ। यही विषयलाई लिएर असन्तुष्टि देखिएको हो ।

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति छलफलमा जुटेको छैन ।

‘सभापति पक्षको नियतै सफा देखिएन’, नेता सिटौलाले अन्नपूर्णसँग भने, ‘पार्टीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पार्टीको नियमावली ल्याएको देखिन्छ। ’ यस्तो मस्यौदा स्वीकार्य हुनै नसक्ने उनले बताए।

‘मैले अस्तिकै बैठकमा एक्लै भए पनि नोट अफ डिसेन्ट लेख्छु भनेकै हुँ’, उनले भने, ‘पछि उहाँहरूले समितिमा पठाएर सबै मिलाएर ल्याउने भन्नुभयो। हेरौं के गर्छन् ?’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।