१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा नेपाली सेनाले थाल्यो यस्तो तयारी



अ+ अ-

काठमाडौं । प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानी आउँने मालवाहक तथा यात्रुवाहक सवारी तथा मानिसको ओहोरदोहोर टुट्न नदिन उच्च ४ स्थानमा एक्रोब्रिज उपलब्ध गराइएको सेनाले जनाएको छ।

विपद् व्यवस्थापन पूर्वतयारी स्वरूप सेनाले काठमाडौं जोड्ने पूर्वपश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रिक टनसम्मको भारबहन क्षमता रहेका ४ वटा एक्रोब्रिज तयारी अवस्थामा राखेका छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौंको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५।५ मिटर चौडा र ७६।२० मिटर लम्बाइका एक्रोब्रिज राखिएको छ। अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले २०७१ सालमा विपत् व्यवस्थापन सहायता स्वरूप ५ थान पुल तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणालाई हस्तान्तरण गरेको थियो। अमेरिकाले ५ वटा एक्रोब्रिज उपलब्ध गराएको थियो।

त्यसमध्ये एउटा एक्रोब्रिज २०७१ असोजमा सिन्धुपाल्चोकको जुरे पहिरोका कारण अवरुद्ध कोदारी राजमार्ग सुचारु गर्न दाबी–धुस्कुनस्थित सुनकोसी नदीमा जडान गरिएको थियो। अहिले पनि उक्त पुल हुँदै राजमार्ग ओहोरदोहोर हुँदै आएको छ। ‘बाढी तथा पहिरोका कारण पुल भत्किएर पूर्वपश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ हुँदै राजधानी भित्रिने मालवाहक तथा यात्रुवाहक सबारी आवागमनमा अवरोध नहोस् भन्ने उद्देश्यले उच्च जोखिम र संवेदनशील ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखिएको छ,’ सैनिक प्रवक्ता सहायक रथी पाण्डेले भने, ‘विपद्को समयमा अन्यमाध्यमबाट आवागमन सुचारु गर्नुभन्दा एक्रोब्रिजबाट सहज हुन्छ।’ एक्रोब्रिज जडानपछि मालवाहक तथा यात्रुवाहक ६० टन भारबहन क्षमताका सवारी आवागमन गर्न सकिने गरी सडक आवागमन सुचारुसम्बन्धी विपद् व्यवस्थापन तयारी भएको सेनाको भनाइ छ।

असार २६ गते यताको अबिरल वर्षापछि उत्पन्न बाढी÷पहिरो तथा डुबानबाट मात्रै सडक र पुलपुलेसा भत्किदा २ अर्बभन्दा बढीको भौतिक क्षति भएको सडक विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। प्रकोपबाट ७८ जनाको मृत्यु र १७ हजार बढी घरधुरी विस्थापित भएको गृृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रकोपबाट ३ दर्जनबढी सडक र ४ वटा पुलमा क्षति पुगेको छ। सेनाले क्षति पुगेका पुलको विकल्पमा अस्थायी बाटोबाट आवागमन सुचारु गरिएका कारण तयारी पुल प्रयोग नभएको जनाएको छ। पछिल्लो विपतद व्यवस्थापनका लागि सेना, प्रहरी र सशस्त्रका करिब ६० हजार फौज खोज/उद्धार तथा राहत व्यवस्थापनमा खटिएका छन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।