१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरिघरि तर्सिन्छन् बाढीपीडित



अ+ अ-

रौतहट । पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक नाघेकी महावती पाँच दिनदेखि बाग्मटीको तटबन्धमा पाल टाँगेर बसेकी छन् । बाढीले बस्ती नै डुबाएपछि ६५ वर्षीया महावतीको जीवन कष्टकर बनेको छ । पति किशोर पण्डित, चार छोराबुहारी, १६ नातिनातिनासहित महावतीको २६ जनाको परिवार बाग्मती नदीको तटमा पाल टाँगेर बसेको छ । महावतीको परिवारले २०७४ सालमा आएको बाढीले घरबार तहसनहस बनाएको घाउ निको हुन नपाउँदै फेरि अर्को बाढीको सामना गर्नुपरेको छ ।

गत शुक्रबार राति बाग्मती नदीको बाढी बस्तीमा पसेपछि बडहर्वा गाउँ नै बग्यो । बाढीले विस्थापित बनाएपछि बाग्मतीको डिलमा पाल टागेर बसेकी प्रतिमा देवी घरिघरि तर्सिन्छिन् । बाढीले घर भत्काउँदा उनी गम्भीर घाइते भएकी छन् । २०७४ को बाढीमा घरबार गुमाएकी प्रतिमाले ऋण काढेर बल्लतल्ल नयाँ घर बनाएकी थिइन् । त्यही घर पनि बगेपछि आफूमाथि ठूलो विपत्ति परेको उनले बताइन् ।

बाढीले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वाका करिब साढे दुइ सय परिवारको बिल्लीबाठ बनायो । पीडितले आफन्तले ल्याइदिएको चिउरा, चाउचाउ र बिस्कुट अनि बाढीमा डुबेको कलको पानी खाएर पाँच दिन काटे । यसबीचमा कहीं कतैबाट राहत आएन । पाँचौं दिन भने गाउँपालिकाका अध्यक्ष अरुण साहसहितको टोली आएर थोरै भए पनि राहत सामग्री दिएको छ । बाग्मती र झाझ खोलामा गतिलो तटबन्ध नबनाइँदा बर्सेनिजस्तो बाढीको मार खेप्नुपरेको गुनासो पीडितको छ ।

बाढीको अत्याधिक चपेटामा परेका दुर्गा भगवती गाउँपालिकको वडा नम्बर १ गंगापिपराको महादेवस्थानका विस्थापितले नजिकैको सामुदायिक विद्यालयमा शरण लिएका छन् । विस्थापितमध्येकी मुगिया देवाले अन्न, लत्ताकपडा, नगद सबै बाढीले बगाइदिएको बताइन् । ‘अब ८ जनाको परिवार कसरी बाँच्ने’, उनले चिन्ता व्यक्त गरिन् । गाउँपालिकाका अध्यक्ष साहले घर गुमाएकालाई गाउँमै रहेका विद्यालय र सामुदायिक भवनमा बसाएर सामूहिक भोजनको प्रबन्ध मिलाएको जानकारी दिए । यसैबीच मंगलबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी किरण थापाले राहत तथा उद्धारका लागि टोली खटाइएको बताए । बाढीले बाटो बिगारेका कारण राहत पुर्याउन कठिनाइ भएको उनले बताएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।