८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दुकसहित तीन जना पक्राउ



अ+ अ-

बाँके । अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको संयुक्त टोलीले घर खानतलासी गर्दा निजको घरबाट उक्त वस्तु फेला परेको हो ।

थारुको किराना पसलबाट चित्तलजस्तो देखिने जङ्गली जनावरको ४।३ लम्बाइ, २।१० चौडाइ, बीचमा आधा इन्च गोलाइ भएको दुई प्वाल रहेको छाला एक थान, दुई स्टिलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुँडा एक थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बारबर्दिया नपा–७ हरनहवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दुक एक थान, स्टिलको बाटासहित जनावरको मासु छ केजीसहित बरामद भएको छ । सोही ठाँउ बस्ने ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।