११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
अ अ+ अ-

काठमाडौं । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख लाग्नेपनि उनले जनाए । अहिलेसम्म उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले जनाए ।

गिरीले भने,‘हामीलाई यो प्रतियोगितालाई सफल बनाउनको लागि कपिलवस्तु नगरपालिकाले ठूलो सहयोग गरेको छ । म मेयर किरण सिंहलगायत नगरपालिका र सम्पूर्ण वडाध्यक्षहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ त्यस्तै, प्रतियोगितालाई सफल तुल्याउनको लागि विभिन्न संघ, संस्था र गाउँपालिकाहरुले सहयोगको प्रतिबद्धता जनाएको पनि उनले जनाए ।

उनले आफूले प्रतियोगिताको शोभा तथा गरिमा बढाउनको लागि भारतबाट अन्तर्राष्ट्रिय बडी बल्डिङ कोच तथा भारतीय सत्तारुढ दल भाजपाका नेतासमेत रहेका सुवास भदानालाई निमन्त्रणा गरिएको सुनाए । गिरीले भारतको आसाममा हुन गैरहेको ‘वल्र्ड पावर लिफ्टीङ च्याम्पियनसिप’ मा नेपालबाट छनौट गरेर लैजानेपनि घोषणा गरे ।

कार्यक्रममा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडि बिल्डिङ संघका अध्यक्ष बाबुकाजी मानन्धर, भक्तपुर बडि बिल्डिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर र प्रतियोगिताका बरिष्ठ निर्णायक तथा निर्णायक समितिका सदस्य प्रतापकाजी बारियाको उपस्थिति थियो । प्रतियोगिता अवधिभर सम्पूर्ण अतिथि तथा निर्णायकहरुलाई तौलिहवामा रहेको गौतम बुद्ध होटेलमा राखिनेछ । पत्रकार सम्मेलनमा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले उक्त प्रतियोगितामा आफ्नो संघबाट २५ जनाको सहभागिता रहने जनाए ।