८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिका कप अफ नेसनमा नाइजेरिया तेस्रो



अ+ अ-

काठमाडौं । अफ्रिका कप अफ नेसन प्रतियोगितामा नाइजेरिया तेस्रो भएको छ ।

इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टयुनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै नाइजेरिया तेस्रो बनेको हो ।नाइजेरियालाई जिताउन ओडिओन घालोले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै घालोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेल अवधिभर नाइजेरिया दबावमा खेलेको थियो । रक्षात्मक खेल खेलेको नाइजेरियाले पहिलो हाफमा लिएको १–० गोलको अग्रतालाई दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

अफ्रिका कप अफ नेशनको फाइनल खेल यही २० तारिखमा हुदैछ । उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दैछन् ।