११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

‘फेसएप’ मा सुरक्षा चुनौती, अनुसन्धान गर्न एफबीआईलाई आग्रह

‘फेसएप’ मा सुरक्षा चुनौती, अनुसन्धान गर्न एफबीआईलाई आग्रह
अ अ+ अ-

काठमाडौं । बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।

साविकको तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने यो एप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेका बेला शुमरले यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआईं) र फेडेरल ट्रेड कमिसनसँग आग्रह गरेका छन् ।

ट्वीटरमा एक पत्र पोस्ट गर्दै शुमरले फेसएपलाई ‘गम्भीर समस्या’ को संज्ञा दिएका छन् । फेसएप असुरक्षित रहेकाले आफ्ना देशका नागरिकको डाटा सत्रूतापूर्ण सम्बन्ध भएका देशले लैजानसक्ने चिन्ता उनले पत्रमार्फत व्यक्त गरेका छन् ।रसियन कम्पनीले निर्माण गरेको यो एप यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।


सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स९एआई०’ का साथ अहिले फेरी भाइरल भएको हो। विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए। प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ। एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ। यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ। उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु। यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन्।

उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ। एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ। यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ। यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ। विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्।’

‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ। यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ। यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ। यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्बिरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ। यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो। यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ। यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ।

तर, फेसएप निर्माणकर्ता रसियन कम्पनीले आरोप अस्वीकार गर्दै आएको छ । एप्सको प्रयोगबाट व्यक्तिको गोपनीयतामा कुनै खतरा नरहेको निर्माणकर्ताको दाबी छ ।

प्रयोगकर्ताको इमेज लामो समयसम्म नरहने उल्लेख गर्दै कुनै डाटा संकलन नगर्ने फेसएपको भनाइ छ । एपले प्रयोगकर्ताले इडिट गर्न चाहेको तस्वीर मात्रै अपलोड गरिदिने उसको दाबी छ ।

‘प्रयोगकर्ताको डाटा रसियामा स्थानान्तरण हुँदैन’, फेसएप निर्माणकर्ता कम्पनीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै टेक क्रन्चले लेखेको छ ।