११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

यसकारण डी लिग्ट बार्सिलोना आएनन् !

यसकारण डी लिग्ट बार्सिलोना आएनन् !
अ अ+ अ-

काठमाडौं । डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

पाँच वर्षको लागि युभेन्टसले डी लिग्टलाई आफ्नो क्लबमा भित्र्याउन लागेको हो । युभेन्टसले उनलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारीमा छ । डी लिग्टले वाषिर्क १२ मिलियन युरो पाउनेछन् । त्यस्तै, उनको १५० मिलियन युरो रिलिज क्लोज राखिएको छ ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) सहितका क्लबले पनि उनमा चासो देखाएका थिए । तर क्रिष्टियानो रोनाल्डोले डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका थिए ।

अजाक्सलाई डच लिग च्याम्पियन बनाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याएपछि उनी युरोपेली क्लब फुटबलमा नयाँ स्टारको रुपमा उदाएका हुन् ।

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।

उनी गएको वर्ष २०१८ को मार्चमा क्लबको कप्तान बनेका थिए र उनी सबैभन्दा कम उमेरमा अजाक्सको कप्तान बने ।

उनले गएको सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको क्रममा युभेन्टसविरुद्ध विजयी गोल गरेका थिए । युभेन्टसलाई पराजित गरेर अन्तिम चारमा पुगेको अजाक्स टोटनह्यामसँग पराजित भएको थियो ।

डि लिग्टले बार्सिलोनासँग किन सम्झौता गरेनन् ? यसका केही कारणहरु छन् । जसमध्ये एक हो, तलब । उनका एजेन्ट मिनो रइओलाले बार्सिलोनासँग सम्झौताको लागि प्रत्येक वर्ष डी लिग्टलाई १२ मिलियन युरो दिनुपर्ने प्रस्ताव राखेका थिए । तर बार्सिलोनाले यति ठूलो राशिमा भित्र्याउन मानेन ।

डी लिग्ट बार्सिलोनासँग जोडिन नसक्नुको अर्को कारण हो, क्लबमा पर्‍याप्त सेन्टर–ब्याक । बार्सिलोनामा अहिले जिरार्ड पिके, क्लेमेन्ट लिनग्लेट, स्यामुएल उमटिटी र जियान क्लेइर टोडिबो रहेका छन् ।

बार्सिलोना आएको भए डी लिग्टले यी खेलाडीसँग प्लेइङ इलाभेनमा पर्न प्रतिस्पर्धा गर्नु पथ्र्यो । यस्तो अवस्थामा उनले मौका कप पाउने थिए भने अनुभवी खेलाडीको छायामा उनी पर्न सक्थे ।

त्यस्तै, बार्सिलोना अझै स्ट्राइकर लाइनलाई बलियो बनाउन चाहिरहेको थियो । उसको नजरमा एन्टोनी ग्रिजम्यानदेखि नेयमारसम्म थियो । अन्ततः यसै साता ग्रिजम्यानलाई बार्सिलोनाले ठूलो रकममा भित्र्यायो । बार्सिलोनाको ठूलो खेलाडीमा नजर जादा डी लिग्टलाई भित्र्याउने प्रक्रिया भने अगाडि बढेन ।

खासगरि २८ वर्षीय ग्रिजम्यानसँग बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) मा अनुबन्ध गर्यो । उसले ग्रीजम्यानसँग ५ वर्षका लागि सम्झौता गर्यो।उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ। एक सिजन बार्सिलोनाले धेरै पैसा खेलाडीको लागि खर्च गर्न नसक्ने अबस्था थियो ।

डी लिग्ट बार्सिलोना नपुग्नुको अर्को कारण हो, युभेन्टसको दृढता । इटालियन सिरि ए विजेता युभेन्टसले उनलाई भित्र्याउन ठूलै दौडधुप गर्‍यो । जसमा क्लब सफल पनि भयो ।

अनुबन्धनका लागि इटालीको टुरिन पुगेका डी लिग्टले भनेका छन्, ‘म यहाँ आएर खुसी छु ।’युभेन्ट्सको नयाँ प्रशिक्षकको रुपमा सर्रीले अनुबन्धन गर्ने डी लिग्ट पहिलो खेलाडी हुनेछन् । उनी भर्खरै लण्डन क्लब चेल्सीबाट ईटाली फर्किएका छन् ।