८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको एनिमेसन स्टुडियोमा आगलागी, १० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । जापानको चर्चित एनिमेसन स्टुडियो क्योटो एनिमेसनमा बिहीबार बिहान आगलागी भएको छ । उक्त आयोलागिमा परेर दश जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

भवनमा आगलागी बिहान साढे १० बजेबाट सुरु भएको थियो। स्टुडियोमा आगो लगाउने आशंका गरिएको व्यक्ति पनि आगलागीमा परेर घाइते भएका छन्।उनको प्रहरी निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।

एएफपीसँग कुरा गर्द क्योटोका प्रहरी प्रवक्ताले भने,‘एक व्यक्तिले पेट्रोलजन्य पदार्थको प्रयोग गरी आगो लगाएका हुन्।’