११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
अ अ+ अ-

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकाले उक्त प्रस्ताव पेश गरिएको हो ।

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लाल र काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । उनिहरुले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६६ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका हुन् ।

उनिहरुले अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो प्रस्तावमाथि छलफल गर्नु परेको सूचनामा उल्लेख गरे ।