८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रहेका समताका सञ्चालक सञ्जेल धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका समता स्कूल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

त्यस्तै उनकी पत्नी कला पनि तीन लाख धरौटीमा छुटेकी छिन्। उनीमाथि आफ्नै कर्मचारीको हत्या गरेको अभियोगमा मुद्दा चलेको थियो।

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।