११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

मेक्सिको सीमामा थप सैनिक परिचालन

मेक्सिको सीमामा थप सैनिक परिचालन
अ अ+ अ-

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ ।
आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ । थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार ६०० सैनिक तैनाथ हुनेछन् ।

सैनिकहरुले अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनलाई सुरक्षा कार्यमा मद्दत गर्नेछन् ।राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा नेसनल गार्डमा आबद्ध सैनिकलाई सीमाक्षेत्रमा तैनाथ गर्नेगरी आदेश दिनुभएको थियो । सन् २०१८ कै अक्टोबरमा पनि ठूलो संख्यामा अमेरिकी सेना मेक्सिकोको सीमाक्षेत्रमा पठाइएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरुबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेश गर्न थालेको भन्दै त्यसलाई रोक्न ट्रम्प प्रशासनले सैनिक परिचालन गरेको छ ।