११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

विप्लव गएपनि सिप्लव जन्मन्छ– डा. केसी

विप्लव गएपनि सिप्लव जन्मन्छ– डा. केसी
अ अ+ अ-

काठमाडौं । डा. सुरेन्द्र केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनल भने ,‘विप्लवसँग वार्ता हुनुपर्छ भनेर हामीले आजभन्दा करिब २ महिना अघि प्रधानमन्त्रीलाई भेटेका थियौं । यसको लागि सुन्दरमणि दिक्षितले पहलकदमी लिनुभएको थियो ।’ तर, पछिल्लो समय वार्ताले औपचारिकता पाएको हल्ला चलाईएको भनेर स्वयम विप्लव समूहले गरेको पनि उनले सुनाए ।

उनले भने,‘अहिलेको समाचार हेर्दा वार्ता नभएको कुरा आएको छ । यो त प्रतिक्रियावादीहरुले चलाएको हल्ला हो भनेर उनीहरुले भन्न थालेका छन् । कुनै वार्ता भएको छैन भनेर विप्लव समूहले भनेको छ ।’ उनले आफूले चन्द समूहको कुरा गर्दा आफूलाई नै गोली ठोक्ने हुन कि भन्दै ठट्टा गरे । उनले भने,‘म विप्लवसँग टच छैन् ।’

सरकार र विप्लवबीच वार्ताको लागि तपाईले नै पहलकदमी लिनुहोस न त भनेर पत्रकार धमलाले गरेको आग्रमा केसीले भने,‘मेरो त पावर छैन् । म त निरीह मान्छे हुँ । वार्ताको लागि मध्यस्थता गर्नको लागि विश्वसयिनता हुनुपर्छ । अहिले त नागरिक समाजमा पनि बौद्धिकता स्खलित भएको छ । पार्टीको कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न सक्दैनन्।’ उनले देश सकिएपछिमात्रै नेपालका नेताहरुको आँखा खुल्ने सुनाए । उनले भने,‘एक घुड्को पानी पिउनपनि ऋषि धमलाको आउनुपर्छ । अहिले मेलम्चीको पानी धुस्न बाटोमा छ ।’

केसीले माओवादीले छोडेका एजेण्डा अहिले विप्लवले बोकेको सुनाए । उनले भने,‘यदि विप्लवले पनि यो एजेण्डा छोड्यो भने सिप्लव जन्मिन्छ ।’ मुलुक एकपछि अर्कोगरि बेथितीको चंगुलमा फसेको पनि उनले टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्ष प्रत्येक नेपालीको काँधमा ३३ हजार ऋण थियो । अहिले त्यो बढेर ३६ हजार भएको छ ।’ नेपालमा राजदुत हुन ज्वाँई हुनुपर्ने र मन्त्री बन्न सम्धी हुनुपर्ने भन्दै केसीले नेताहरुमाथि कडा व्यंग्य कसे ।

उनले अहिले देशमा भएका सबैखाले समस्या सिर्जित समस्या भएको पनि टिप्पणी गरे । अहिले त गणतन्त्र नभएर लुटतन्त्र आएको उनको आरोप छ । पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लवबीच साँठगाँठ छ त भनेर सोधिएको प्रश्नमा केसीले भने,‘त्यो त मलाई थाहा छैन । तर, अहिले म एउटा कार्यक्रमबाट आएको हुँ, त्यहाँ ५० प्रतिशत विप्लवका मान्छे थिए । अनि, अर्को ५० प्रतिशत ज्ञानेन्द्रका मान्छे थिए । त्यसैले यसबारेमा कन्फ्युजन छ ।’

कतिपय कांग्रेस नेताले समेत अहिलेको राजनीतिक अवस्था देखेर यो भन्दा त राजसंस्था नै ठिक थियो भनेर अभिव्यक्ति दिन थालेको सार्वजनिक रुपमै सुन्न पाएको पनि केसीले सुनाए । उनले भने,‘बाबुरामजीले पनि हिजो राजासँग साँठगाँठ थियो भनेर बोलेकै हो ।’ केसीले नेपालमा सबैभन्दा ठूलो राष्ट्रघात मेलम्चीमा भएको पनि सुनाए । उनले भने,‘अहिलेसम्म २३ अर्ब खर्च भैसक्यो ।’

आयोजनाको मुख्य ठेकेदार सिएमसीलाई योजनाबद्ध रुपमै भगाएको पनि उनको गम्भिर आरोप छ । उनले भने,‘एक अर्वको सामान कुहिएर गयो । पाईपहरु जुन बिछ्याईएको छ, यसमा समयमै पानी नल्याए सढेर जान्छ ।’ उनले ३६ करोडको भुक्तानी गरेको भए काठमाडौंवासीले पानी खान पाउने थिएन भन्ने उनको धारणा छ ।

केसीले समयमै सरकार र राजनीतिक दलहरु नसुध्रिए मुलुक र जनताको लागि अब नराम्रो दिन आउनसक्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘समय अब संगित र अन्तिम भैसकेको छ।’