१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्कोटाको प्रश्न: विप्लवले के–के एजेन्डामा वार्ता गर्ने?,बम पड्काउन छुट दिने कुरामा वार्ता गर्ने?



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले
नेत्रविक्रम चन्द (विप्लव) ले हिंसा छाडेर आएमात्रै वार्ता गरिने दोहोर्‍याएका छन्।


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले हिंसाको राजनीति त्यागेर आए जुनसुकै बेला आपूmहरु वार्ताका लागि तयार रहेको बताए । उनले
हिंसा छोडियो, संबिधान मानियो र प्रतिस्पर्धामा आए वार्ता एकै मिनेटमा टुङगिने बताए ।

वार्ता गर्न सरकार सधैं तयार रहे पनि कुनै दाउपेच, शक्ति सञ्चयका लागि वार्ता नगरिने बताएका उनले भने- ‘विप्लवले के–के एजेन्डामा वार्ता गर्न चाहेको हो पहिले त्यो स्पष्ट हुनुपर्छ ।’


पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ छ। हामीले पक्राउ परेका मान्छे छाडुम्ला तर ड्याङ्ग बम पड्काइदेला यसको जिम्मा कसले लिन्छ? उनले प्रश्न गरे ।

‘पहिले मान्छे छोड्नुपर्ने। मुद्दा फिर्ता गर्नुपर्ने?,’ उनले प्रश्न गरे, ‘०५२ सालदेखि ०६२ सम्म के–के भयो? के त्यसैको पुनरावृत्ति गर्ने?’

अनौपचारिक वार्ता चलिराखे पनि औपचारिक रूपमा वार्ता गर्न पहिले हिंसा छाड्नुपर्ने उनको भनाइ छ।

‘प्रचारको लाभ लिन, दुनियाँलाई भुलभुलियामा पार्न। हिंसा गर्ने समूहले सरकारसँग वार्ता गर्ने भनेको हिंसालाई वैद्यता प्रदान गर्नेजस्तो हुन जान्छ कि जाँदैनरु,’ उनले प्रश्न गरे, ‘के का लागि किन कसरी ल्याण्डिङ गर्ने हो भन्ने प्रष्ट हुनुपर्‍यो।’राष्ट्रले थेग्न सक्ने मागमा मात्रै वार्ता हुने उनले बताए।