८ पुष २०८२, मंगलवार
,
Latest
मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्कोटाको प्रश्न: विप्लवले के–के एजेन्डामा वार्ता गर्ने?,बम पड्काउन छुट दिने कुरामा वार्ता गर्ने?



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले
नेत्रविक्रम चन्द (विप्लव) ले हिंसा छाडेर आएमात्रै वार्ता गरिने दोहोर्‍याएका छन्।


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले हिंसाको राजनीति त्यागेर आए जुनसुकै बेला आपूmहरु वार्ताका लागि तयार रहेको बताए । उनले
हिंसा छोडियो, संबिधान मानियो र प्रतिस्पर्धामा आए वार्ता एकै मिनेटमा टुङगिने बताए ।

वार्ता गर्न सरकार सधैं तयार रहे पनि कुनै दाउपेच, शक्ति सञ्चयका लागि वार्ता नगरिने बताएका उनले भने- ‘विप्लवले के–के एजेन्डामा वार्ता गर्न चाहेको हो पहिले त्यो स्पष्ट हुनुपर्छ ।’


पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ छ। हामीले पक्राउ परेका मान्छे छाडुम्ला तर ड्याङ्ग बम पड्काइदेला यसको जिम्मा कसले लिन्छ? उनले प्रश्न गरे ।

‘पहिले मान्छे छोड्नुपर्ने। मुद्दा फिर्ता गर्नुपर्ने?,’ उनले प्रश्न गरे, ‘०५२ सालदेखि ०६२ सम्म के–के भयो? के त्यसैको पुनरावृत्ति गर्ने?’

अनौपचारिक वार्ता चलिराखे पनि औपचारिक रूपमा वार्ता गर्न पहिले हिंसा छाड्नुपर्ने उनको भनाइ छ।

‘प्रचारको लाभ लिन, दुनियाँलाई भुलभुलियामा पार्न। हिंसा गर्ने समूहले सरकारसँग वार्ता गर्ने भनेको हिंसालाई वैद्यता प्रदान गर्नेजस्तो हुन जान्छ कि जाँदैनरु,’ उनले प्रश्न गरे, ‘के का लागि किन कसरी ल्याण्डिङ गर्ने हो भन्ने प्रष्ट हुनुपर्‍यो।’राष्ट्रले थेग्न सक्ने मागमा मात्रै वार्ता हुने उनले बताए।