११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

पूर्व मन्त्री बस्नेतको नाममा ६१ करोड ‘कालोधन’ !

पूर्व मन्त्री बस्नेतको नाममा ६१ करोड ‘कालोधन’ !
अ अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको छ ।

बस्नेतको स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थालेको हो । बस्नेत केही समयअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। उनी त्यसबेला संविधानसभा सदस्य थिए।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ। यसैक्रममा अनुसन्धान गर्दा बस्नेतको ‘कालोधन’ फेला परेको विभाग स्रोतले जानकारी दियो।

बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको छ। ‘वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ ‘हिस्ट्री’ मागेका छौ’ विभाग स्रोतले भन्यो, ‘इकाइले सहयोग गर्यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ।’

बस्नेतको कालोधका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ।

को हुन मोहनबहादुर ?

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक–१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट नेता मानिन्छन् । खड्काकै कोटामा उनी मन्त्री बनेका हुन् ।

बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्र मा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।१४ वर्षको उमेरदेखि नै राजनीतिमा लागी ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय बस्नेतले केही महिना भूमिगत जीवन, ३ महिना निर्वासन जीवन, १ वर्ष बन्दी जीवन बिताएका छन् ।