२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो
अ अ+ अ-

चाँगुनारायण । भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरुको  भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका हुन् । तर, पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको अभावमा हुँदा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ । खासगरी लकडाउनपछि सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको छ । त्यसमा पनि सफा मौसममा यस क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल लगायतका हिमश्रङखला देख्न सकिन्छ ।

साथै उपत्यकाको दृश्यावलोकनका लागि समेत प्रसिद्ध भएका कारण पनि पछिल्लो समय पिक्निक खान र घुम्न आउनेको भीड बढेको स्थानीयहरु बताउँछन् । सम्भवतः ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो नै एक मात्र स्थान हो । तर, सरकारले सडक खण्ड स्तरोन्नतिको काममा उचित ध्यान दिन नसक्दा तथा उचित प्रचारप्रसारको अभावमा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि थप ओझेलमा परेको छ । सडक मार्गको सुधारका साथै पैदल यात्रा रूटको स्तरोन्नति गर्न सके यस क्षेत्र पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुने पर्यटकहरु बताउँछन् । उनीहरुले सडक मार्ग कष्टकर र जोखिमपूर्ण रहेपनि त्रिशुल डाँडाबाट देखिने अलौकिक दृश्यहरुले मन मोहक बनाएको प्रतिक्रया पनि दिएका छन् ।

चाँगुनारायणबाट त्रिशुलडाँडा हुँदै तेलकोट भञ्ज्याङ्गसम्म करिव साँढे ५ किलोमिटरको रुट उपत्यकाकै सबभन्दा राम्रो पैदल यात्रा रुटको रुपमा मानिन्छ । नगरकोटसम्म पैदल यात्रा गर्नका लागि पनि प्रसिद्ध छ । यता, कोरोना कहरका कारण दुई बर्षभन्दा लामो समयदेखि व्यवसाय बन्द गरेर बसेका त्यहाँका होटक सञ्चालकहरु पनि आन्तरिक पर्यटकको भिड बढेसँगै आशावादी देखिएका छन् । पर्यटकहरुको चलपलह बढे पनि सडक मार्गको कारण भने थप चिन्तित बनेका छन् । यस वरपरको क्षेत्रमा पिकनिकलगायतका क्रियाकलाप गर्नकै लागि केही होटलहरू सञ्चालमा ल्याइएको छ ।

कोरोना कहरका कारण बन्द रहेका ती होटलहरू बिस्तारै सञ्चालको तयारीमा जुटेका छन् । पछिल्लो समय बिदाको दिनमा घुम्न र पिकनिक गर्न आउनेको संख्या ह्वत्तै बढे पनि सडक सञ्जालको कारण ओझेलमा परेको स्थानियवासीहरुको पनि गुनासो छ । उनीहरुले सडक पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

त्रिशुलडाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निमार्णको चरणमा रहेको छ । पर्यटकीय पूर्वाधारको विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके यस क्षेत्र पनि उत्कृष्ट धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेमा कुनै दुई मत नरहेको स्थानीयको भनाइ छ ।