१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो



अ+ अ-

चाँगुनारायण । भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरुको  भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका हुन् । तर, पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको अभावमा हुँदा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ । खासगरी लकडाउनपछि सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको छ । त्यसमा पनि सफा मौसममा यस क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल लगायतका हिमश्रङखला देख्न सकिन्छ ।

साथै उपत्यकाको दृश्यावलोकनका लागि समेत प्रसिद्ध भएका कारण पनि पछिल्लो समय पिक्निक खान र घुम्न आउनेको भीड बढेको स्थानीयहरु बताउँछन् । सम्भवतः ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो नै एक मात्र स्थान हो । तर, सरकारले सडक खण्ड स्तरोन्नतिको काममा उचित ध्यान दिन नसक्दा तथा उचित प्रचारप्रसारको अभावमा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि थप ओझेलमा परेको छ । सडक मार्गको सुधारका साथै पैदल यात्रा रूटको स्तरोन्नति गर्न सके यस क्षेत्र पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुने पर्यटकहरु बताउँछन् । उनीहरुले सडक मार्ग कष्टकर र जोखिमपूर्ण रहेपनि त्रिशुल डाँडाबाट देखिने अलौकिक दृश्यहरुले मन मोहक बनाएको प्रतिक्रया पनि दिएका छन् ।

चाँगुनारायणबाट त्रिशुलडाँडा हुँदै तेलकोट भञ्ज्याङ्गसम्म करिव साँढे ५ किलोमिटरको रुट उपत्यकाकै सबभन्दा राम्रो पैदल यात्रा रुटको रुपमा मानिन्छ । नगरकोटसम्म पैदल यात्रा गर्नका लागि पनि प्रसिद्ध छ । यता, कोरोना कहरका कारण दुई बर्षभन्दा लामो समयदेखि व्यवसाय बन्द गरेर बसेका त्यहाँका होटक सञ्चालकहरु पनि आन्तरिक पर्यटकको भिड बढेसँगै आशावादी देखिएका छन् । पर्यटकहरुको चलपलह बढे पनि सडक मार्गको कारण भने थप चिन्तित बनेका छन् । यस वरपरको क्षेत्रमा पिकनिकलगायतका क्रियाकलाप गर्नकै लागि केही होटलहरू सञ्चालमा ल्याइएको छ ।

कोरोना कहरका कारण बन्द रहेका ती होटलहरू बिस्तारै सञ्चालको तयारीमा जुटेका छन् । पछिल्लो समय बिदाको दिनमा घुम्न र पिकनिक गर्न आउनेको संख्या ह्वत्तै बढे पनि सडक सञ्जालको कारण ओझेलमा परेको स्थानियवासीहरुको पनि गुनासो छ । उनीहरुले सडक पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

त्रिशुलडाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निमार्णको चरणमा रहेको छ । पर्यटकीय पूर्वाधारको विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके यस क्षेत्र पनि उत्कृष्ट धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेमा कुनै दुई मत नरहेको स्थानीयको भनाइ छ ।