१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीमाथि कुटपिट



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । 

बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ ।

नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताउनुभयो । “ममाथि सुनियोजित तरिकाले आक्रमण भयो”, उहाँले भन्नुभयो, “आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।”

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताउनुभयो । “कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ”, उहाँले भन्नुभयो, “पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।”