१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । 
    
महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । 

‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार सङ्कलनमा सहज बनाइनुपर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय हुनाका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।