१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । 
    
महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । 

‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार सङ्कलनमा सहज बनाइनुपर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय हुनाका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।