२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतबाट फरार दुई थुनुवा पक्राउ, एक अझै फरार



अ+ अ-

बाँके । जिल्लाको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् ।

एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै उनीहरुको सम्भावित बासस्थानको आसपासमा निगरानी गरिरहेको अवस्थामा घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक अझै फरार छन् । उनी पनि छिट्टै पक्राउ पर्ने प्रहरी उपरीक्षक वलीले बताए । गत असार २८ गते राति करीब १२ बजे उनीहरुले शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए ।

उनीहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।

‘चारमध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो, “घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो । राम्रोसँग ‘फिक्स’ नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ ।”

तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन छ दिनको बिदा लिएर उपचारका लागि काठमाडौँ गएकै दिन राति उनीहरु फरार भएका हुन् । प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हालेका थिए ।

उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजीकार्य तीव्र पारेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।