८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्कुल विभाग’ जुङ्गाको लडाइ, फेरी सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

आयोग र विभागको टुंगो लगाउन आज (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक स्कुल विभाग मा कुरा नमिलेपछि नेकपा सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले बताए।

गठन विभागमा भने वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।यस्तै पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्।

‘विभागको टुंगो लगाउन विषयमा गृहकार्य नपुगेपछि बैठक स्थगित भएको हो’, ती नेताले भने, ‘अर्को बैठक यही साउन ९ गते बस्ने सहमति भएको छ।’

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्।

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा।पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ।

यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।

बैठकमा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगायतका एजेन्डा रहेका छन् । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।