४ असार २०८३, बिहीबार
,
Latest
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्कुल विभाग’ जुङ्गाको लडाइ, फेरी सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

आयोग र विभागको टुंगो लगाउन आज (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक स्कुल विभाग मा कुरा नमिलेपछि नेकपा सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले बताए।

गठन विभागमा भने वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।यस्तै पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्।

‘विभागको टुंगो लगाउन विषयमा गृहकार्य नपुगेपछि बैठक स्थगित भएको हो’, ती नेताले भने, ‘अर्को बैठक यही साउन ९ गते बस्ने सहमति भएको छ।’

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्।

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा।पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ।

यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।

बैठकमा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगायतका एजेन्डा रहेका छन् । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।