८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

पर्सि कोलम्बोमा हुने बंगलादेशविरुद्धको पहिलो एकदिवसीय मालिंगाको अन्तिम खेल हुनेछ ।यसले श्रीलंकालाई विकेट लिने बलरको पहिचान गर्ने अवसर हुने कप्तान दिमुथ करुणारत्नेले बताएका छन् ।नुवान प्रदीपलाई मालिंगाको विकल्पका रुपमा हेरिएको थियो ।

‘हाम्रो समस्या विकेट लिने बलरको पहिचान गर्नु हो’ उनले भने, ‘हामीले त्यस्तो बलर खोज्नुपर्छ, जसले सुरुवाती ओभरमा नै विकेट लिन सकोस् ।’