८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दियो, दुईको मृत्यु



अ+ अ-

मकावानपुर । हेटौंडा उपमहानगरपालिका १५ मा भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् ।

एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करपछि नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन । दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन ।