८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली बनायो पनडुब्बी



अ+ अ-


प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् ।

उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।

केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु¥याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए ।

नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताएका थिए ।