४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीसँग बार्सिलोना भिड्दै, ग्रिजम्यान सुरुवाति ११ मा पर्दा डी जोङ भने परेनन्



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्तर्गत क्लब मैत्रीपूर्ण खेल आज (मंगलबार) साँझ प्रिमियर लिग क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोना र चेल्सीबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ मा सुरु हुनेछ । बार्सिलोनाले आज हुने खेलमा भर्खरै कल्ब भित्रिएको खेलाडीहरुलाई डेब्यू गराउने अनुमान गरिएको छ ।

आज हुने खेलको बार्सिलोनो सुरुवाति ११ घोषण गरिसकेको छ । जसमा ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) कल्बमा भित्रिएका एन्टोनी ग्रिजम्यान टिममा परेका छन् ।

यता जनवरीमा ७५ मिलियन युुरोमा बार्सिलोनामा आए नेदरल्यान्डका २२ वर्षीय खेलाडी  मिडफिल्डर डी जोङ भने सुरुवाति ११मा पर्न सकेनन् । त्यस्तै लुइस स्वारेज र फिलिपे कौन्टिन्हो बिदामा हुँदा कोलाडो र उम्मटीले आफ्नो स्थान पक्का गरे ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आजको खेलमा हुने छैनन् ।  

प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।