८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेटको मूल्य नबढ्ने



अ+ अ-

काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दुरसञ्चार नियमावली संशोधन गरेपछि मूलय फिर्ता भएको हो ।

सो संशोधनमार्फत् सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गरेकाले आफूहरुले फिर्ता लिएको इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनका आइस्पानका अध्यक्ष भोजराज भट्टले बताए ।

राउटर, इन्ट्रानेट लिज डाटा कनेक्टिभीटी, मर्मत शुल्कमा नियमावली संसोधनमार्फत छुट दिने व्यवस्था गर्न लागिएपछि व्यवसायीहरु मूल्य बृद्धिबाट ब्याक हुने लागेको भछ्ले जानकारी दिए ।

उनले भने, ‘मन्त्रिपरिषद्ले दुरसञ्चार नियमावली संशोधन गरेको भन्ने अनौपचारिक जानकारी आएको छ । यदि त्यसो हो भने हामी मूल्य बढाउँदैनौ । स्टप हुन्छौँ ।’

आर्थिक वर्ष २०७५ /०७६० को बजेटले सेवा दस्तुर वापत १३ प्रतिशत शुल्क ग्राहकसँग लिने निर्णय गरेको थियो । तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य वृद्धि नगरिदिन भनेपनि सरकार र व्यवसायी मिलेर बढेको मूल्य समायोजन गरिएको भट्टले जनाए ।