८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच किलो गाँजासहित दुई युवक पक्राउ



अ+ अ-

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपलिकाबाट प्रहरीले पाँच किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मा रहेका छन्

उनीहरुलाई ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा मंगलबार बिहान लक्ष्मीनिया गाउँपालिका १ स्थित सिगंरगोडा सडक खण्डको पिपल चौताराबाट पक्राउ गरिएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।