१२ असार २०८३, शुक्रबार
,
Latest
२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी मृत्यु हुनेप्रति कांग्रेसद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार राति पहिरो जाँदा एकै घरका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् ।

साथै कांग्रेसले घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।