८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पार्टीको भर्ती केन्द्र नबनाउन कुलपतिको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गरेका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका मान्छेलाई भर्ति गरे उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि नछाड्ने उनले बताए ।

उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको थलो पनि होइन । कुन पार्टीका छन् मलाई मतलब छैन ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाएका छन् । ‘कुलपति कहाँ रिपोर्ट पुग्नु अगाडि कुलपतिले सञ्चार माध्यमहरबाट थाहा पाउँछ’ उनले भने, ‘कस्तो रिपोर्ट हो ?

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्द्रित हुन निर्देशन दिए।