२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पार्टीको भर्ती केन्द्र नबनाउन कुलपतिको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गरेका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका मान्छेलाई भर्ति गरे उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि नछाड्ने उनले बताए ।

उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको थलो पनि होइन । कुन पार्टीका छन् मलाई मतलब छैन ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाएका छन् । ‘कुलपति कहाँ रिपोर्ट पुग्नु अगाडि कुलपतिले सञ्चार माध्यमहरबाट थाहा पाउँछ’ उनले भने, ‘कस्तो रिपोर्ट हो ?

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्द्रित हुन निर्देशन दिए।