२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्पनीले पायो भुक्तानी प्रणाली अपरेटरको अनुमति



अ+ अ-


काठमाडौंः चीनको सांघाईमा दर्ता भएको युनियनपे इन्टरनेसनल कम्पनी लिमिटेडले भुक्तानी प्रणाली अपरेटर (पेमेन्ट सिस्टम अपरेटर) को अनुमति पाएको छ ।
नेपाल राष्ट्र बैंकले युनियनपेलाई जुलाई १५, २०१९ मा यस्तो अनुमति दिएको हो । राष्ट्र बैंकका तर्फबाट निर्देशक आनन्द पौड्याल र कार्यकारी निर्देशक देवकुमार ढकालले प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा कारोबार गर्न पाउने गरी अनुमति पाएको युनियनपेले नेपाल र चीनबीचको बैंकिङ भुक्तानीलाई सहज बनाउने बताइएको छ । युनियनपेले खासगरी इलेक्ट्रोनिक कार्ड नेटवर्क एन्ड स्वीचको कार्य गर्नेछ । यसले बैंक कार्ड सेवा उपलब्ध गराउनुका साथै अनलाइन सपिङका लागि डेबिट कार्डहरु प्रदान गर्दछ । चीनमा पिपुल्स बैंकबाट अनुमति लिएको युनियनपे चीनमा ठूलो वित्तीय संस्थाका रुपमा रहेको त्यसको वेबपेजमा उल्लेख छ ।
चीनका सबै बैंकको एटिएम मेसिनको संचालन र अन्तरबैंक कारोबार यही युनियनपे मार्फत हुने गरेको छ । विद्युतीय प्रणाली मार्फत रकम ट्रान्सफरको कार्यमा यसको चीनमा बर्चश्व रहेको छ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यांकीले ट्वीटर मार्फत युनियनपेले कारोबार अनुमति पाएकामा बधाई दिएकी छिन् । उनले बढीभन्दा बढी चिनियाँ बहुर्राष्ट्रिय कम्पनीले नेपालमा लगानी र व्यवसाय गर्ने विश्वास पनि लिएकी छिन् ।