८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रको अर्धशतक, मलेसियाविरुद्ध नेपालको शानदार जीत



अ+ अ-

काठमाडौं । विश्वकप छनोटको एसिया फाइनलको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई ७ विकेटले हराउदै पहिलो जित हात पार्यो ।

नेपालले वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।

नेपालको जितमा मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।

मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए ।

सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ ।

पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो ।