२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, दुई घाइते



अ+ अ-

डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना परेर दुई जना घाइते भएका छन् ।

दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको जिप बुधबार बिहान करिब ५ः१५ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना हँुदा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक दीपकबहादुर पातलीले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय पुष्कर नागरी र २४ वर्षीय हिक्मत सामन्त (साउद) घाइते भएका छन् ।

चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए ।

दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।