८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरि वर्षा जारी: शुक्रबारसम्म निरन्तर पानी पर्ने



अ+ अ-

काठमाडौँ । गए रातिदेखि देशका अधिकांश भूभागमा पानी परिरहेको छ । मौसमविद्हरुले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागको नजिकै आएकोले लगभग देशैभरि वर्षा भइरहेको जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबैभन्दा बढी वर्षा भएको छ । त्यहाँ गएको करिब २४ घन्टामा १४६ मिलिमिटर पानी परेको छ ।

त्यसैगरी उता वीरेन्द्रनगर नगरपालिकाको दक्षिणी क्षेत्रमा अविरल वर्षाका कारण डुबान शुरु भएको बताइएको छ । ठूलो पानी पर्ने क्रम बुधबार बिहान भने केही रोकिएको छ । यता काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ ।

हवाई उड्डयनको सूचनाअनुसार वर्षाका कारण देशभरको हवाइ सेवा पनि प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन् । तर अन्तर्रा्ष्ट्रिय उडानहरु भने नियमित नै रहेका बताइएको छ । वर्षाले गर्दा आन्तरिक उडानहरु भने प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका केही विमानस्थलहरु भारी वर्षाले गर्दा पानी जम्मा भएर बन्द भएका छन् । मौसम पूर्वानुमान शाखाले आज दिनभरि नै पानी पर्ने बताएको छ । बिहीबार अलि कम भए पनि शुक्रबारबाटमात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

निरन्तर वर्षाको सम्भावना अबको २४ घन्टा नै रहेको उनको भनाई छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाई छ । पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
उक्त महाशाखाले आगामी शुक्रबारसम्म नै निरन्तर पानी पर्ने देखाएको छ । कतै थोरै त कतै धेरै वर्षा हुन्छ तर देशैभरि वार्षाको सम्भावना छ तिवारीले भने । तर शुक्रबार दिउँसो देखि भने आंशिक वर्षासहित पानी पर्न रोकिने उनले बताएका छन् ।