८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले परमाणु हतियार छोडे पाकिस्तान पनि परित्याग गर्न तयार: इमरान खान



अ+ अ-

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतले परमाणु हतियार छोड्छ भने पाकिस्तान पनि त्यस्ता हतियार परित्याग गर्न तयार रहेको बताछन् ।दुई देशबीच परमाणु युद्धले परै उपमहाद्विपका लागि खतरनाक हुने प्रधानमन्त्री खानले बताए ।

अमेरिकाको भ्रमणमा रहेका इमरान खानले फोक्स न्युजका पत्रकार ब्रेट बेयरलाई दिएको अन्तरवार्तामा उक्त कुरा बताएका हुन् । बेयरले इमरानले प्रश्न सोधे– यदि भारतले परमाणु हतियार छोड्न तयार भएको भन्छ भने पाकिस्तान पनि त्यसका लागि तयार हुन्छ ?

उक्त प्रश्नको जवाफमा इमरानले भने– हुन्छ, किनभने परमाणु युद्ध कुनै विकल्प होइन । पाकिस्तान र भारतबीच परमाणु युद्धको सोच आफैलाई बर्बाद गर्नु हो । त्यसतो किन हो भने दुई देशबीच अढाइ हजार माइल सीमा जोडिएको छ ।
दुई देशबीच विगत ७० बर्षमा काश्मिर नै त्यसतो मुद्दा हो जसले गर्दा एक सभ्य छिमेकीका रुपमा रहन नसकेको इमरानले बताए । बेयरले ट्रम्पको मध्यस्थताको विषयमा आएको बयानमाथि भारतको प्रतिक्रियाको पनि उल्लेख गरे । जसमा काश्मिर मामिलामा कुनै तेस्रो पक्षको आवश्यकता नभएको बताउँदै भारतले ट्रम्पको बयानलाई अस्विकार गरेको थियो ।

भारत पहिला वार्ताको टेबलमा आए भने मात्र अमेरिकाले यसमा सकारात्मक भुमिका निर्वाह गर्न सक्ने उनले बताए । प्रधानमन्त्री बनेपछि इमरान पहिलो पटक अमेरिका भ्रमणमा गएका हुन् । सोमबार दुई नेताबीच ह्वाइटहाउसमा भेटवार्ता भएको थियो ।