११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

भारतले परमाणु हतियार छोडे पाकिस्तान पनि परित्याग गर्न तयार: इमरान खान

भारतले परमाणु हतियार छोडे पाकिस्तान पनि परित्याग गर्न तयार: इमरान खान
अ अ+ अ-

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतले परमाणु हतियार छोड्छ भने पाकिस्तान पनि त्यस्ता हतियार परित्याग गर्न तयार रहेको बताछन् ।दुई देशबीच परमाणु युद्धले परै उपमहाद्विपका लागि खतरनाक हुने प्रधानमन्त्री खानले बताए ।

अमेरिकाको भ्रमणमा रहेका इमरान खानले फोक्स न्युजका पत्रकार ब्रेट बेयरलाई दिएको अन्तरवार्तामा उक्त कुरा बताएका हुन् । बेयरले इमरानले प्रश्न सोधे– यदि भारतले परमाणु हतियार छोड्न तयार भएको भन्छ भने पाकिस्तान पनि त्यसका लागि तयार हुन्छ ?

उक्त प्रश्नको जवाफमा इमरानले भने– हुन्छ, किनभने परमाणु युद्ध कुनै विकल्प होइन । पाकिस्तान र भारतबीच परमाणु युद्धको सोच आफैलाई बर्बाद गर्नु हो । त्यसतो किन हो भने दुई देशबीच अढाइ हजार माइल सीमा जोडिएको छ ।
दुई देशबीच विगत ७० बर्षमा काश्मिर नै त्यसतो मुद्दा हो जसले गर्दा एक सभ्य छिमेकीका रुपमा रहन नसकेको इमरानले बताए । बेयरले ट्रम्पको मध्यस्थताको विषयमा आएको बयानमाथि भारतको प्रतिक्रियाको पनि उल्लेख गरे । जसमा काश्मिर मामिलामा कुनै तेस्रो पक्षको आवश्यकता नभएको बताउँदै भारतले ट्रम्पको बयानलाई अस्विकार गरेको थियो ।

भारत पहिला वार्ताको टेबलमा आए भने मात्र अमेरिकाले यसमा सकारात्मक भुमिका निर्वाह गर्न सक्ने उनले बताए । प्रधानमन्त्री बनेपछि इमरान पहिलो पटक अमेरिका भ्रमणमा गएका हुन् । सोमबार दुई नेताबीच ह्वाइटहाउसमा भेटवार्ता भएको थियो ।